८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेपाली फिल्म ‘शाम्बाला’ले पायो विश्वभर चर्चा


प्रकाशित: शनिवार, १ भाद्र २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । स्विट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा ‘शाम्बाला’ले विश्वभार चार्चा पाएको छ ।


चलचित्रकी मुख्य अभिनेत्री थिन्ले ल्हामोले फिल्म फेस्टिभलमा ‘बोक्कालिनो डिओर’ अवार्ड जितेपछि चलचित्रले विश्वव्यापी चर्चा बटुलेको छ । 


‘शाम्बाला फिल्मको मुुख्य कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्तित भएका छौं’ बोक्कालिनो डिओर अवार्डका अध्यक्ष र निर्देशकले प्रदान गरेको पत्रमा उल्लेख छ ।


फिल्ममा यस्तो एउटा आदिवासी विश्व जहाँ पुरुषले आफूलाई प्रधान ठान्छन्, यसलाई चुनौति दिँदै थिन्ले ल्हामाले महाकाव्यमार्फत आफ्नो स्वतन्त्रता हासिल गर्न सक्षम भएकी छन्’ पत्रमा भनिएको छ ।


फिल्मका निर्देशक भामसहित निर्माता समुले फिल्म ‘शाम्बाला’ले जितका लागि अभिनेत्री ल्हामोलाई बधाइ दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex