काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
विहिवार साँझ निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।
Categorized in बजार