काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत बिमा प्रणाली ल्याउने तयारी गरेको छ ।
यस अघि स्वास्थ्यको प्राथमिकता र कार्ययाजना पेश गरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल सरकारको १०० दिनको उपलब्धिका रूपमा नयाँ बिमा प्रणाली घोषणा गर्ने तयारी गरेका हुन ।
मन्त्रालयबाट एकद्वारबाट बिमा प्रणाली लागू गर्न सकिएमा नागरिकको स्वास्थ्य उपचारको क्षेत्रमा एकदमै ठुलो उपलव्धी हुने विश्वास मन्त्री पौडेलको छ । बर्सेनि मन्त्रालयले अनुमानित २८ अर्ब ५० करोड रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको छ ।
मन्त्री पौडलले जटिल रोगहरु मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल हेड इन्जुरी तथा सिकलसेल एनिमियाका लागेकाहरूको उपचार सहयोगका लागि सरकारले दिइरहेको एक लाख रुपैयाँको दायरालाई बढाएर पाँच लाख बनाउने प्रस्ताव अघि सारिएको छ ।
नागरिकका स्वास्थ्य बीम एकलाखबाट बढाएर ५ लगाउने प्रस्ताव गरेको मन्त्री पौडेलले यस अघि पत्रकार सम्मेलनमा बताएका थिए । सरकारले स्वास्थ्य बिमाबापत ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
मन्त्री पौडेलले नागरिकको उपचारका नाममा विभिन्न शीर्षकमा छरिएर गएका बजेटलाई एकीकृत बिमा प्रणालीमा ल्याउनको लागि प्रधानमन्त्रीसँग समेत छलफल गरेको छ ।
Categorized in स्वास्थ्य