काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले भ्रष्टाचारमा ५ वर्षे हदम्यादको प्रस्ताव मान्य नभएको बताएका छन ।
मंगलवार प्रतिनिधीसभालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा ५ वर्षे हदम्यादको प्रस्ताव हटाउनुपर्छ भन्ने आफूहरुको स्पष्ट प्रस्ताव उल्लेख गरे ।
‘अहिले संसदमा केही विधेयक विचाराधीन छन् । पर्सि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल छ । भ्रष्टाचार र अख्तियारसँग सम्बन्धित विधेयक छ । नेपाली कांग्रेसका सांसदहरुको हदम्याद हटाउनुपर्छ भन्ने हाम्रो स्पष्ट प्रस्ताव छ,’ उनले भने ।
भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था प्रस्तावित छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन विधेयकमा भएको व्यवस्था अनुसार, निश्चित अवधिभित्र अनुसन्धान नभए उनीहरुमाथि मुद्दा चल्ने छैन ।
यस प्रस्तावको विपक्षमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल देखिएका छन ।
Categorized in राष्ट्रिय