१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सोमवार २७ अर्ब २४ करोड कारोवार भएको सेयर बजार आज घट्यो


प्रकाशित: मंगलवार, २९ साउन २०८१, १६ः१० बजे
- महानगरखवर

काठमाडौं । सोमवार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको सेयर बजार मंगलवार घटेको छ । 


मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको हो । यस दिन कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


आइतबार पौने २६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा सोमबार बढेपछि नेप्से परिसुचक २९३१ अंक कायम भएको थियो । 


अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।


८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो । 


यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । 


त्यसैगरी, विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex