काठमाडौं । भारतीय सेनाका कर्नेल बलबहादुर पुन आईतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोली सहित पक्राउ परेका छन् ।
बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा ४१ बर्षिय कर्णेल पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।
चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
Categorized in समाज