११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य विमा ५ लाख पुराइने, हेरौं स्वास्थ्यका प्राथमिक योजना


प्रकाशित: सोमवार, २८ साउन २०८१, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य विमा एकलाखबाट ५ लाख पुगाउने प्रस्ताव गरेका छन ।


आइतवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्ने क्रममा सो बताएका हुन । 


बीमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउने तयारी भइरहेको मन्त्री पौडेलले जानकारी दिए । 


मन्त्री पौडेलले सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक, अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने बताए ।

 
‘सबै प्रकारका स्वास्थ्य संस्थामा सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड निर्धारण र पुनरावलोकन (वर्षैभरि निरन्तर रुपमा उपलब्ध सेवाहरु २४ घन्टा इमर्जेन्सी, ओपिडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी, ल्याबूको सेवा, सुत्केरी डेलिभरी आदि र तीनका गुणस्तरका आधारमा वर्गीकरण) गर्ने कार्य सम्पन्न गरी सो को कार्यान्वयन र प्रभावकारी सुपरिवेक्षणको व्यवस्था गरिनेछ,’ उनले भने । 


मन्त्री पौडेलका अनुसार १०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने सन्दर्भमा विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँग समन्वय गरि कार्यान्वय गर्ने तयारी छ ।


‘संघीय अस्पतालको सेवा विस्तार एवं अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शूल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनको लागि संघीय अस्पतालहरुको अपरेसन थिएटरमा पूर्वाधार थप गरिनेछ,’ मन्त्री पौडेलले भने । 


स्वास्थ्यको प्राथमिकता तथा कार्ययोजना

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex