१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सहकारीबाट बचत पैसा झिक्न नपाउँदा उपचार अभावमा पीडितको मृत्यु भएपछि विरोध प्रदर्शन


प्रकाशित: आइतवार, २७ साउन २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारीबाट आफ्नै रकम झिक्न नपाएपछि उपचार अभावमा राजेन्द्र स्थापितको मृत्यु भएको छ ।


वीर अस्पतलमा उपचार गराईरहेका स्थापितको शनिवार ५ लाख रुपैयाँको अभावले शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन ।


सहकारीमा जम्मा गरेको आफ्नै पैसा नै झिक्न नपाएर मृत्यु भएपछि सरकारी पीडितहरु र उनका आफ्न्तले शव बोकी काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकामा प्रदर्शन गरेका छन ।

 
प्रदर्शनकारीहरू शान्ति वाटिका र भद्रकाली क्षेत्रमा कफिन बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


काठमाडौंको न्युरोडमा रहेको युवा बचत तथा ऋण बहुउद्देश्यीय सहकारीमा स्थापितले १ करोड ३६ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताए ।

 
सडकमा प्रदर्शन भएपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको छ ।


स्थापित स्नायुसम्बन्धी समस्याले ग्रसित रहेको उनलाई ब्रेन ह्यामरेज भएको थियो । ५ लाख रुपैयाँ नहुँदा उनको अपरेसन हुन नसकेको आफन्तहरुले बताएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex