७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

हेलिकप्टर दुर्घटना अपडेटः क्याप्टेन मल्लसहित ५ जनाको मृत्युु


प्रकाशित: बुधवार, २३ साउन २०८१, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । बुधवार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको सहित ५ जनाको मृत्यु भएको छ । 


दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ १ बजेर ५४ मिनेटमा उडको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर र  २ बजेर २० मिनेटमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेकोमा क्याप्टेन नेपाली नागरिक अरुण मल्ल भएको बुुुझिएको छ । 


हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex