काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस बनेका छन ।
मंगलबार राष्ट्रपति भवनमा भएको एक बैठकले युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
आन्दोलनका नेतृत्वका गरेका विद्यार्थीहरुको माग मुहम्मद युनुस सरकार प्रमुखमा प्रस्ताव राखेपछि उनलाई सरकारको प्रमुख जिम्मेवारी दिएको हो ।
ग्रामिण सहकारीको जन्मदता, गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन ।
उनलाई शेख हसिनाले गरिबहरुको रगत चुसेको आरोप लगाउने गर्ने गरेको र युनुसले आफ्नो पार्टी खोल्ने तयारी समेत गरेका थिए ।
गत जनवरी महिनामा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।
८४ वर्षीय युनुस हाल उपचारका लागि फ्रान्समा छन् । उनले अब स्वदेश फर्किने बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय