३१ श्रावण २०८३, आइतबार
Header

एआइजी दिपक थापा बने सिआईबी प्रमुख, किरण बज्राचार्य उपत्यका प्रहरी प्रमुखमा 

प्रकाशित: बुधवार, २३ साउन २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका एआइजी दिपक थापा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख बनेका छन ।

थापालाई मंगलवार बसेको मन्त्रीपरिषद बैठकको निर्णयले उक्त जिम्मेवारी दिएको हो । यसै गरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा एआइजी किरण बज्राचार्यलाई लगिएको छ । 

यसअघि ६० किलो सुन प्रकरण छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन सिआइबी प्रमुख किरण बज्राचार्यको कमजोरी औंल्याएको भन्दै अघिल्लो सरकारका पालामा श्यामलाल ज्ञवालीलाई सिआइबी प्रमुखमा सरूवा गरिएको थियो । 

 सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट हटाएर प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरूवा गरेको छ ।

केही समयअघि प्रहरी प्रधान कार्यालयले एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेको भन्दै छानबिन समिति गठन गरेको थियो । 

यसअघि ६० किलो सुन प्रकरण छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन सिआइबी प्रमुख किरण बज्राचार्यको कमजोरी औंल्याएको भन्दै अघिल्लो सरकारका पालामा श्यामलाल ज्ञवालीलाई सिआइबी प्रमुखमा सरूवा गरिएको थियो । 
 
asteriskhubs
Home Page Bottom Second

maharjan complex