११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बंगलादेशमा संसद भंग, पुर्व प्रधानमन्त्री खालिदा रिहा, प्रहरीले गरे हड्ताल


प्रकाशित: मंगलवार, २२ साउन २०८१, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन । 


राष्ट्रपति शाहबुद्दीनले विज्ञप्ती जारी गरी तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको बताएको छ । 


बीएनपी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियालाई पनि रिहा गरिएको छ । सेनाले जारी गरेको विज्ञप्तीमा खालिदा जियालाई रिहा गरेको उल्लेख गरिएको छ ।  


त्यसैगरी, विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । यता विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइरहेको बेला उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन ।


मोहम्मद युनुस यतिखेर विदेशमा रहेपनि विद्यार्थीहरुले गरेको आग्रहलाई स्वीकार गर्दै सरकाकारको प्रमुख सल्लाहकारमा रहने विभिन्न संचार माध्यमहरुले बताएका छन । 


आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । 


सोमबार हसिनाले पदबाट राजीनामा दिएर देश छोडेर भारत तर्फ भागेकी छन । 


यसैविच बंगलादेशको बंगलादेशको प्रहरी एसोसिएशनले सुरक्षाको कारण हडतालको घोषणा गरेको छ ।


‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं,’ बंगलादेश पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


विद्यार्थी आन्दोलनको क्रममा सोमबारमात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन । 


मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएपछि विद्यार्थीहरुले यतिखेर ट्राफिकको भूमिका निर्वाह गरिरहेको छन । 


बंगलादेशको समाचार संस्था डेली स्टारका अनुसार यस विद्यार्थी आन्दोलनमा सोमबार सम्म कम्तिमा ४ सय जनाको मृत्यु भएको छ । केही समय यता विद्यार्थीहरुले सरकारले लागु गरेको आरक्षण कोटाको खारेजीको माग गर्दै सडक आन्दोलन गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex