१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

इमर्जेन्सीमा आउने बिरामीलाई नफर्काउन मन्त्रालयको आग्रह


प्रकाशित: मंगलवार, २२ साउन २०८१, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई नफर्काउन आग्रह गरेका छन ।


मंगलवार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ती जारी इमर्जेन्सीमा आउने बिरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए मात्र सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेको हो । 


नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपतकालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवालाई आकस्मिक सेवा भनेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex