२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेलिकमको प्रबन्ध निर्देशक कामिनी सर्वोच्चमा पुगिन


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, १३ः२० बजे
- महानगरखबर

काठमाडौँ । फोरजी सेवा विस्तार लगायत विषयमा चित्त नबुभेको भन्दै सरकारले टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा रिट दर्ता गरेकी छिन् ।


पुनर्बहालीको माग गर्दै राजभण्डारीले अदालतमा रिट दर्ता गरेकी हुन । उनले आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै पुनर्बहालीको माग गरेकी छन् । 


साथै उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन समेत पनि माग गरेकी छिन् । सर्वोच्चले तत्काल अन्तरिम आदेश नभएमा आफूलाई अपूरणीय क्षति पुग्ने समेत जिकिर गरेको छ । 


भदौ १ गते दर्ता भएको रिटको पेसी न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ । सरकारले उनलाई स्पष्टीकरणपछि मन्त्रिपरिषदको साउन २९ गतेको बैठकले पदमुक्त गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex