काठमाडौं । नेपाली विज्ञापन एजेन्सी नेपाली विज्ञापन एजेन्सी भि–चित्रले ‘भि–चित्र’ले २ स्वर्ण र १ रजत पुरस्कारका साथ उच्च सम्मान प्राप्त गरेको छ ।
रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाले हालै भारतमा आयोजना गरेको फ्लेम अवार्ड २०२४ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी भि–चित्रले उक्त सम्मान पाएको हो।
लोकप्रिय नेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि संचालन गरेको “हामी सबैको मनमा वाइवाइ” उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धिको ब्राण्ड “लिभोन”को लागि गरिएको क्याम्पेन “किप योर कलर्स” वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ ।
यसका साथै भि–चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको हो ।
भि–चित्र डिजिटल मिडिया र कन्टेन्ट स्ट्राटेजी प्रमुख रसना डंगोलले नेपाली उपभोक्ताहरूको दृष्टिकोण टेक्नोलोजीको बृद्धि र परिवर्तनशील मार्केटिङ परिदृश्यको साथ विकसित भइरहेको बताइन ।
प्रगतिशील समाज र उपभोक्ताहरूसँग अनुकुलन हुनेगरि लिभोनले समाजको हितमा चालेका कदमहरूमा ब्राण्डको छवि प्रतिबिम्बित भएको उनले उल्लेख गरिन ।
‘सौन्दर्य र व्यक्तिगत हेरचाहका क्षेत्रमा सबैभन्दा कम प्रतिनिधित्व गर्ने क्षेत्रमा लिभोनले लिएको पहल सराहनीय छ र यसले लिभोनलाई एक आधुनिक ब्राण्डको रूपमा स्थापित गरेको छ । यसै सन्दर्भमा लिभोनले दिप्ती र सुप्रिताको कथालाई प्रस्तुत गरेको थियो जो नेपालमा आधिकारिक रूपमा विवाह गर्ने पहिलो समलैंगिक जोडी हुन । उनीहरूलाई उनीहरूको मौलिक रंग अक्षुण्ण राख्न प्रोत्साहित गर्दै लिभोनले समाज परिवर्तनको यात्रामा एक साहसिक कदम चालेको छ । यस बीचमा, लिभोन प्रोफेशनल सीरम अभियानले आफ्नो कामको लागि परिचित सौन्दर्य स्टाइलिस्टहरू समेत ल्याएको छ जसले ब्रान्डप्रतिको विश्वासलाई अझ गाढा बनाउन र आफ्ना शुभचिन्तकहरूलाई उनीहरूसँग सीधै सम्पर्क स्थापित गर्न सहयोग गरेको छ ।’ उनले भनिन ।
सो सन्दर्भमा भि–चित्रका एजेन्सीका ग्राहक सम्बन्ध प्रमुख अनुपम श्रेष्ठले विज्ञापनले पुस्ताहरूलाई जोड्दछ ।
उनले भने,‘हामी सबैको मनमा वाइवाई’ यसैको एउटा प्रमुख उदाहरण हो, सन २००० मा सुरु भएको वाइवाइको यस अभियानलाई वाइवाइ नेपालकै लोकप्रिय ब्रान्ड हो तर पनि पुस्तान्तरण सँगसँगै ग्राहकहरूसँग सम्बन्ध बनाइराख्नु ।
नेपाली विज्ञापन क्षेत्रको विकास भइरहेको छ । यसले नवीन सोच र कार्यान्वयन रणनीतिहरू मार्फत् अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग प्रतिस्पर्धा गर्न सक्छ । यी पुरस्कारहरूले हाम्रो दाबीलाई थप प्रमाणित गरेको डंगोल र श्रेष्ठले आशय ब्यक्त गरे ।
भि–चित्र आफ्नो विशिष्ट विज्ञापन अभियानका लागि प्रख्यात छ र यस क्षेत्रमा अग्रणी रहिआएको कम्पनीलाई नेपालकै उत्कृष्ट एकीकृत विज्ञापन एजेन्सीहरू मध्ये एक मानिन्छ ।
Categorized in बजार