३१ श्रावण २०८३, आइतबार
Header

पूर्वमन्त्रीले ५ हजार घुस दिएर काम गराउन परेको घट्नाबारे छानविन हुने


प्रकाशित: मंगलवार, ८ साउन २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । पाँच हजार रुपैयाँ घूस दिएर काम गराउन परेको पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोले संसदमा बताएपछि छानविन गरिने भएको छ ।


मंगलवार गृहमन्त्री रमेश लेखकले संसदलाई सम्बोधन गर्दै उक्त विषमयमा ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका हुन ।


पुर्वमन्त्री महतोले यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए  महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घूस दिनुपरेको घटनाबारे उल्लेख गरेका थिए । 


‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु,’ मन्त्री लेखकले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ ।’ मन्त्री लेखकले भने । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex