काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुस्ताकलयको उद्घाटन गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतवार ४२ औं बीपी स्मृति दिवसको अवसरमा बिहान पुस्तकालयको उदघाटन गरेर सर्वसाधरणको लागि खुला गरेको हो ।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या बढि राखिएको छ । कांग्रेसको राजनैतिक घट्नाक्रमको बारे विस्तृत अध्ययन गर्न सकिने महामन्त्री गगन थापाले बताएका छन ।

नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन ।




तस्वीरहरुः महानगरखबर
Categorized in समाज