काठमाडौं । सत्ता समिकरणको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविच भएको ७ बुँदे सहमति सार्वजनिक गर्न कांग्रेस महामन्त्री गगनकुमार थापाले माग गरेका छन ।
शनिवार ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने दिन सार्वजनिक गर्नु पर्ने बताए ।
उनले भने, ‘भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ । ७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु । ’
कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए ।
संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको भन्दै उनले तर समझदारी भइसकेकाले त्यसको पालना गर्नुपर्ने र कामबाट यो समझदारीलाई पुष्टि गर्नुपर्ने बताए ।
Categorized in राष्ट्रिय