१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

अहिले सम्मको उच्च मूल्यमा सुनको कारोवार


प्रकाशित: बुधवार, २ साउन २०८१, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । आज (बुधवार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेर उच्च मूल्यमा कारोवार भइरहेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । 


हिजोको तुलनामा भन्दा प्रतितोला २ हजार रूपैयाँ बढी हो । मंगलवार सुन प्रतितोला एक लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 


महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex