१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: सोमवार, ३१ असार २०८१, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोल र डिजेलको मूल्यमा बृद्धि गरेको छ । 


निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको हो । 


मूल्य बढेसँगे काठमाडौ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १६० रूपैयाँ तिर्नु पर्छ । 


त्यसैगरी, चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर  तथा डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।


सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ ।

 

यस अघि असार १६ गते निगमले पेट्रोलको लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ बढाएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex