काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार विहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने भएको छ ।
राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
आइतवार अपराह्न्ह राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन ।
प्रम ओलीसँगै एमालेले सरकारमा जाने ६ जना मन्त्रीहरुले सपमथ लिने भएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने बुझिएको छ ।
त्यस्तै केन्द्रीय सदस्य जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ । भण्डारी यसअघि पनि मन्त्री थिए।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ ।
दुई दलविचको सहमति अनुसार प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको छ ।
कांग्रेसले सरकारमा गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको छ ।
Categorized in राष्ट्रिय