काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि उनी प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन ।
शुक्रवार प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत माग गरेका थिए तर उनको पक्षमा ६३ मत मात्र परे ।
संसद बैठकमा उपस्थित २५८ मध्ये दाहालको पक्षमा ६३ मत मात्र परे भने उनको विपक्षमा १९४ मत परेको थियो । मत दिन्न भन्नेमा १ मत परेको थियो ।
संविधानतः प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत आवश्यक हुन्छ । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा आज पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।
यसअघि आलोपालो कांग्रेस र एमालेको समर्थनमा चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल दाहाल यस पटक भने असफल भएका हुन ।
दाहाल यस अवधिमा एमालेसँग दुई र कांग्रेससँग एक पटक गरेर तीन पटक गठबन्धन बदलेका थिए ।
असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमति भएपश्चात् विश्वासको मत लिन शुक्रबार प्रतिनिधि सभामा उपस्थित भएका थिए ।
कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले उनलाई विश्वासको मत दिएनन ।
Categorized in राष्ट्रिय