७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अब सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र नचाहिने


प्रकाशित: शुक्रवार, २८ असार २०८१, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । सामाजिक सुरक्षा भत्ताको लागि तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने सरकारले निर्णय गरेको छ । 


वृद्धवृद्धा भत्ता, पेन्सन लिनका लागि राष्ट्रिय परिचयपत्र चाहिने निर्णयबाट निर्णयबाट पछि हटेको हो । 


बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकामा तत्कालका लागि पछि हटेको हो ।


सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको जानकारी दिइन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex