काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा दुई वटा गाडी खोलामा खसी बेपत्ता भएका छन ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा ठूलो पहिरो खसेपछि वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको गाडी खसको थियो ।
एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौतर्फ आएको बुझिाएको छ ।
त्यसैगरी काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसपनि सोही पहिरोमा खसी वेपत्ता भएको छ ।
गणपति डिलक्समा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना यात्रु रहेको बुझिाएको छ । बसका तीन जना यात्रुहरु का रौतहटका नन्दन दास, सुरज गुप्ता र गुगेश्वर यादवल भने हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएका छन ।
अन्य यात्रुहरुको अवस्था अज्ञात छ । अहिले घटनास्थलमा खोजी र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन ।
अविरल वर्षाका कारण त्रिशुली नदीको सतह पनि बढेको छ । नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा खटिएका छन ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले खोजी गर्न थालेको छ ।
Categorized in समाज