२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रानीपोखरी पुनःनिर्माण फेरि महानगरकै जिम्मामा


प्रकाशित: शनिार, २ भदौ २०७५, २१ः२४ बजे
- महानगरखबर

काठमाडौं । रानीपोखरी पुनःनिर्माण विवादले चरम रुप लिएपछि नेपाली सेनालाई निर्माणको तयारी दिने तयारी गरेपनि अब फेरि काठमाडौ महानगरलेनै रानी पोखरीको पुनः निर्माण गर्ने जिम्मेवारी पाएको छ । 


पुनःनिर्माण प्राधिकारणको सिईओमा शुशिल ज्ञवालीको नियुक्र भएपछि ज्ञवालीले मेयर विद्यासुन्दर शाक्यसँग रानीपोखरी पुनःनिर्माणको बारेमा कुरा गरेको बताएको छ । 


प्राधिकरण सिईओ ज्ञवालीले यस्ता काममा सेनालाई संलग्न गराउनु उपयुक्त नुहने बताउँदै महानगरपालिका आफैं रानीपोखरी बनाउन तयार भएको जनाएको छ । पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन निर्देशन समेत दिएको छ ।

 
ज्ञवालीले पुरानै स्वरुपको पोखरी, बाहिरी पर्खाल इँटा, सुर्ती–चुना लगायतका प्रविधि प्रयोग गरेर बनाइने भएको बताएका छन् । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिसकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex