काठमाडौं । केही सयमयता विरामी रहेका संयुक्त राष्ट्रसंघका पुर्वमहासविच कोफी अन्नानको शनिबार निधन भएको कोफी अन्नान फाउण्डेशनले जनाएको छ ।
सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघका महासविच रहेका अन्नान ८० बर्षका थिए ।
सन् २००१ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका अन्नान सिरियाको शान्ति स्थापनाका लागि राष्ट्रसंघको विशेष दूतका रूपमा समेत काम गरेका थिए ।
उनको निधन स्वीजरल्याण्डको जेनेभामा भएको हो । घना घर रहेका उनी लामो समयदेखि स्वीजरल्याण्डमा बस्दै आएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय