२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

३ वटा समस्याग्रस्त सहकारी पीडितका ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ फिर्ता


प्रकाशित: विहिवार, ६ असार २०८१, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गरेकोे बताएको छ । 


विहिवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफ दिँदै प्रम दाहालले सो कुरा जानकारी दिएका हुन । 


उनले ती सहकारी पीडितका ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम  सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताए । 


बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताएका हुन । 


‘समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरुबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८०को दायित्व यकिन भएको छ । यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ बचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको छ,’ उनले भने ।


प्रधानमन्त्री दााललले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताए ।


छुट्टै नियामक निकाय स्थापना गर्ने, सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानूनी प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरे । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex