७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदीय सचिवालयका कर्मचारीहरुको विरोधको शैली ‘सभामुखलाई मात्र देखाउने’ !


प्रकाशित: बुधवार, ५ असार २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूले विरोधको नयाँ शैली अपनाएका छन ।


चलिरहेको संसद बैठकमा बोल्ने संसदहरुलाई लाइभ प्रशासरणमा नदेखाई सभामुख देवराज घिमिरेलाई मात्र देखाउने गरेको छ । 


बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए ।


प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर ‘ब्ल्याक आउटमा सदन नचलाऔं’ भनेका थिए । 


त्यसपछि सभामुखले सभाको बैठक स्थगित गरिदिएका हुन । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान १२ बजेका लागि बोलाइएको छ ।


संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको तथा अतिरिक्त समयमा काम गरेको सेवा सुविधा माग राख्दै गत जेठ २१ गतेदेखि आन्दोलनलाई जारी राखेपनि मंगलवारदेखि आन्दोलनलाई थप प्रभावकारी बनाएको छ । 


मंगलबारको बैठकमा पनि झण्डै १२ मिनेट बोल्ने सांसदलाई नदेखाई सभाामुख घिमिरेलाई मात्र देखाइएको थियो।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex