७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसद भवन परिसरमै प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला 


प्रकाशित: बुधवार, ५ असार २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको छ । 


बुधवार विहान संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान २२ बर्षिय अजित गोले मृत फेला परेको हो । 


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए । 


उनी बिहान ८ः१५ बजे शौचालया मृत भेटिएको प्रहरी अधिकारीको भनाई छ । 


मृतक अजित दोलखाको मेलुङ गाउँपालिका–४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । 


आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।

 
घटनाबारे प्रहरीको प्रारम्भिक निष्कर्ष मृतक प्रहरी जवान अजितले आत्महत्या गरेको हुन सक्ने बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex