काठमाडौं । सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी विच सहमति भएको छ ।
सोमवार नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा व्यवसायी र सरकारविच ४ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टराई र नेपाल पेट्रोलियम टयांकर चालक संघका तर्फबाट ईश्वर लामाले हस्ताक्षर गरेका छन ।

सहमति भएसँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुने नेपाल आयाल निगमले जनाएको छ । अहिले पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा काठमाडौंमा सवारी सधानको लामो लाइन देखिएको छ ।
शनिवारदेखि नै पेट्रोलियम ढुवानी व्यवसायीहरुले ७ बुँदे माग राखी आन्दोलनमा उत्रेका थिए । आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।
मजदुरहरूले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन ।
स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।
टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने रहेको छ ।
त्यसैगरी, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनुपर्ने माग समेत गरिएको छ ।
Categorized in बजार