काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खानले शनिबार प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।
उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
इमरान पाकिस्तानको २२ औं प्रधानमन्त्रीको रुपमा नेशनल एसेम्बलीमा भएको चुनावमा निर्वाचित भएका थिए । उनी ताहरिक–ए–इन्साफको अध्यक्ष हुन ।
Categorized in अन्तर्राष्ट्रिय