काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ ।
नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको हो ।
यो हारसँगै नेपालको सुपर–८ यात्रा पनि समाप्त भएपछि इतिहास रच्ने मौका नेपालले गुमाएको छ ।
१ सय १६ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो ।
अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।
नेपाल यस हारपछि समूहचरणबाटै बाहिरिएको छ । नेपालले बंगलादेशसँग आइतबार समूहचरणको अन्तिम खेल खेल्ने छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग डालासमा ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्ध फ्लोरिडामा भएको खेल वर्षाले रद्द पारेको थियो । दक्षिण अफ्रिका पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको छ । त्यसका बावजुद दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो ।
Categorized in मनोरन्जन