काठमाडौं । काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले सामन्य छिटफुट बर्षा हुने मौसमविदले जनाएको छ ।
मौसम विभागका मौसमविद् गोविन्द झाका आज विहिवार अपराह्नतिर केही स्थानमा छिटफुट वर्षा हुने सम्भावना छ । यद्यपि तापक्रम उच्च नै रहने छ ।
हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
फाइल तस्वीर
Categorized in स्थानिय