७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

साउनदेखि वैशाखसम्म ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रियो


प्रकाशित: सोमवार, २८ जेठ २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । 


नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो ।


गत आर्थिक वर्ष २०७/८० को १० महिनासम्म १० खर्ब पाँच अर्ब रेमिटेन्स भित्रिएको थियो ।  


यो १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको यो अवधिमा भने ६ लाख १२ हजारले यस्तो स्वीकृति लिएका छन ।

 
गत वर्षको १० महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६ लाख ६० हजार थियो । 


वैदेशिक रोजागरीमा जाने नेपाली उच्च हुँदा पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धि उच्च छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex