१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुुनको भाउ एकैदिन ४ हजारले घट्यो, कतिमा कारोवार हुँदै ?


प्रकाशित: आइतवार, २७ जेठ २०८१, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । आइतवार सुन प्रतितोला ४ हजार रुपियाँले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।


शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार हजार रूपैयाँ घटेको हो । 


उक्त दिन सुन सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । 


आइतबार चाँदीको मूल्यमा ७५ रुपियाँ घटेर प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ । 


शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो। 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex