७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रस्तुत बजेटमा अर्थमन्त्री बर्षमान पुनलाई गगन थापाको प्रश्नै प्रश्न ! (भिडियो)


प्रकाशित: बुधवार, २३ जेठ २०८१, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सांसद गगन थापाले सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/८२ को बजेटमाथि अर्थमन्त्री बर्षमान पुनलाई थुप्रै प्रश्नहरु गरेका छन । 


थापाको पहिलो प्रश्न बजेटमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भन्ने छ । 


बुधबार संसदमा थापाले अर्थमन्त्री वर्षमान पुनले ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर गरेको दाबीको आधार मागेका छन । 


थापाले भने,‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु । यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन भनेर बोल्नुपर्ने हो। तर त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसदमा ६÷८ महिनापछि यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो कि ?’  


थापाले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो ?’


भिडियोः 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex