१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

शनिबारबाट अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुँदै


प्रकाशित: विहिवार, १७ जेठ २०८१, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभषा पत्रकारिता सम्मेलनमा शनिवारबाट सुरु हुने भएको छ ।


१९ गते शनिवार ललितपुरको स्टाफ कलेजमा सम्मेलनको शुभारम्भ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।


नेवाः राष्ट्रिय पत्रकार दबुले आयोजना र सार्क जर्नालिष्ट फोरमको सहयोगमा २ दिने सम्मेलन हुन लागेको दबूका अध्यक्ष निरपेन्द्रलाल श्रेष्ठले बताए । 


सो अवसरमा सार्क मुलुकक बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत लगायतका मातृभाषी पत्रकारहरु सहभागी हुने उनले जानकारी दिए । 


सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाले सार्क राष्ट्रका पत्रकारसँगै अन्य मुलुकका मातृभाषा पत्रकारहरुले जुमिंग मार्फत सहभागी जनाउने बताएका छन । 


नेपाल भाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषमा पत्रिका प्रकाशन गरेको एक सय बर्ष पुगेको उपलक्ष्यमा सो  सम्मेलन गरिएको दबुले जनाएको छ ।


सम्मेलनको समापन भक्तपुरको मध्यपुर ठिमी ब्याँकेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न हुने भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex