३१ श्रावण २०८३, आइतबार
Header

सहकारी पीडित आन्दोलनमा, बचत फिर्ता बजेटमा ल्याउन माग


प्रकाशित: शुक्रवार, ११ जेठ २०८१, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । सहकारी पीडितहरुले शुक्रवारबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन ।


उनीहरुले आज माइतीघर मण्डलबाट प्रदर्शन सँगै रिले अनसन पनि सुरु गरेका छन । 


साँझदेखि माइतिघर मण्डलमा रिले अनसनमा ६/६ घण्टामा अनसनकर्ता फेरिने छन । अहिले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसी अनसनमा बसेका छन ।

 
सरकारले बजेटमा सहकारीको रकम फिर्ताको लागि कार्यक्रम ल्याएर सो व्यवस्था राजपत्रमा उल्लेख भएपछि मात्रै आन्दोलन स्थगित हुने पीडितहरुको भनाई छ । 


सरकार र सहकारी पीडितहरूबीच शुक्रबार भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । 


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार बार्ता भएको थियो । 


संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका पीडितहरु आवद्ध भएर आन्दोलन गर्दै आएका छन । 


महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ । 


यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि शुक्रवाट तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन । 


गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो । 
फाइल तस्वीर

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex