२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सहकारी पीडितहरुले माइतीघरबाट तेस्रो चरणको आन्दोलन गर्दै


प्रकाशित: विहिवार, १० जेठ २०८१, १३ः०५ बजे
- महानगरखवर

काठमाडौं । सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन माइतीघर मण्डलबाट सुरु गर्ने भएका छन ।


विगतमा सहकारी पीडितहरसँग भएको सम्झौताहरूको कार्यान्वयन नभएको भन्दै पीडितहरूले भोलि (शुक्रबारबाट) आन्दोलनको घोषणा गर्ने भएका हुन । 


उनीहरुले रिले अनसन लगायतका कार्यक्रम सहित आन्दोलन गर्ने भएका हुन्।


शुक्रबार काठमाडौं माइतिघर मण्डलाबाट प्रर्दशन गर्ने र साँझदेखि माग पुरा नहुन्जेलसम्म रिले अनसन बस्ने भएका छन । 


सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छ ।


महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ । 


गत चैत आठ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको तर कार्यान्वयन हुन सकेको छैन । 


पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex