७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने


प्रकाशित: बुधवार, ९ जेठ २०८१, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविनको माग गर्दै सडक प्रदर्शन गर्ने भएको छ । 


बुधवार बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकले १३ गते आइतवार भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।


कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो जानकारी दिदँै  प्रदेश र जिल्लाले पनि आन्दोलनका कार्यक्रमहरु गर्ने बताए । 


सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर भएको कांग्रेसको ठहर छ ।


प्रमुख विपक्षी दल कांग्रेसले छानविन समितिको माग गर्दै संसदमा निरन्तर आवाज उठाउँदै आएपनि सरकारले सुनवाई नगरेपछि सडकमा प्रदर्शन गर्न पुगेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex