७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रधानमन्त्री दाहालले विपक्षीको अवरोधविच लिए विश्वासको मत


प्रकाशित: सोमवार, ७ जेठ २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाललले विपक्षी दल नेपाली कांगे्रस लगायतका दलहरुको अवरोधका विच विश्वासको मत लिएका छन ।

 


सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन । 


१५८ जना सहभागी रहेका संसदमा प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले विश्वासका मत दिएको सभामुख देवराज घिमिरेले बताए । विश्वास मत दिन्न भन्नेमा एक मत परेको थियो ।
विश्वासको मत लिन १३८ सांसदको समर्थन आवश्यक हुने संवैधानिक व्यवस्था रहेको छ । 


प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।


नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन । 


प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex