काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको विरोधको विच विश्वासको मत लिने भएको छ ।
सोमवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले मर्यादापालकको सहयोगमा रोष्ट्रमा गएर विश्वासको मत मागेका हुन ।
सभाको पहिलो बैठक स्थगित भए लगत्तै सुरु भएको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मत माग्न आग्रह गरेपछि कांग्रेस लगायत विपक्षी दलहरु नारावाजी गर्दै रोष्ट्रम अघि आएका थिए ।
Categorized in राष्ट्रिय