काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले भोलि (सोमवार) ११ बजेसम्म सहकारी संसदीय छानविन समिति बनाउन माग गरेको छ ।
आइतवर संसद भवनको ल्होत्से हलमा आयोजत पत्रकार सम्मेलनमा उनले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन ।
‘हामी संसद ठिक ढंगसँग चलोस् भन्ने चाहन्छौं, संसद ठिक ढंगले चल्नका निम्ति हामी चाहन्छौं भोलि बिहान ११ बजे संसद बैठक छ । त्योभन्दा पहिला संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो त्यो उद्देश्यका लागि समिति बन्ने गरी सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री तयार भएर आउनु हुन्छ भन्ने विश्वास पनि राख्छु,’ महामन्त्री थापाले भने, ‘त्यसको आधारमा हो भने भोलि संसदको कामकारबाही अघि बढ्छ । होइन भने संसदको कामकारबाही अघि बढ्दैन ।’
आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले संसदलाई सम्बोधन गर्दै सहकारीको रकम अपचलनमा आफू संलग्न नभएको भन्दै स्पष्टी करण दिएका थिए ।
सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले संसद अवरोध गरेपछि उनले बोल्न पाएका थिएन ।
प्त्रकार सम्मलेनमा महामन्त्री थापाले यतिका समय गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको भन्दै भाष्य नै निर्माण गरिएको पनि बताए ।
‘त्यो च्याप्टर पनि आजबाट सकियो, बोल्नुभयो। उहाँको बोलीको सार के हो भने मेरो बारेमा छानबिन समिति बन्दैन । छानबिन समितिले सबै हेर्न पाउँछ, गोर्खा मिडिया हेर्न पाउँदैन,’ उनले भने, ‘होइन सर, छानबिन समितिले पहिले गोर्खा मिडिया र सुर्यदर्शनकै फाइल पल्टाउँछ।’
गल्ती देखियो भने राजनीति छाड्ने नभई सजाय भोग्नुपर्ने थापाले बताए ।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले विश्वासको मत लिने सम्भावित कार्यसूची छ ।
समिति नबने कांग्रेसले भोलि पनि संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।
Categorized in राष्ट्रिय