काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी रकम हिनमिनाको संलग्नतामा अरोपी गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलमा नेविसंघले मोटरसाईकल ¥यालीसहित विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन ।

‘ जिबि राई कहाँ छ ?, रवि लाई थाहा छ , सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, अदालतले भन्यो ! गिरीबन्धुमा नीतिगत भ्रष्टाचार, सहकारी ठगलाई नाकको डाँडी भाँचिने गरी कहिले हान्ने ?, गजब छ बा १, बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग ‘ लगायतका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय