काठमाडौं । काठमाडौं महानगरपालिकालाई सडक विभागले सहमति विना न्यूरोडको फुटपाथ विस्तार नगर्न पत्रचार गरेको छ ।
सडक डिभिजन काठमाडौंले विहिवार ‘सहमति सम्बन्धमा’ विषय उल्लेख गरेर पत्रचार गरेको हो ।
‘सडक विभागको स्टयाण्डर्ड स्फेसिफिकेशन जेमिट्री आदि विश्लेषण गरेर मात्र सहमति दिने वा नदिने सम्बन्धमा एकिन हुने हुँदा सहमति विना कुनै पनि कार्य नगर्न /नगराउनु हुन सडक डिभिजन काठमाडौंको कार्यक्षेत्र सम्बन्धी पुस्तक यसै पत्रसाथ सलग्न राखी पठाएको व्यहोरा अनुरोध छ ।’ भनी जारी पत्रमा उल्लेख छ ।
डिभिजन कार्यालय सडकमा कुनै पनि कार्य गर्दा अनिवार्य रुपमा यस कार्यालयको पूर्व स्वीकृती लिन हुन भनेको छ ।
पत्रमा भनिएको छ,‘यस कार्यालयको कार्य क्षेत्र भित्रका सडकहरुमा त्यहाँका कार्यालयबाट रंगरोगन, ट्राफिक सेफ्टी लगायतका कार्यहरु गर्ने गरी टेण्डर आव्हान हुने गरेको देखिन्छ । त्यस्ता निर्माण गर्नको लागि सडकको कार्यक्षेत्रमा दुविधा भई दोहोरोपन हुने संभावना बढि हुने जान्छ ।’
अहिले महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने कार्य भईरहेको छ ।
सर्वसाधारणका लागि आवतजावतमा सहजतको लागि महानगरले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको कार्य सुरु गरेको छ ।
न्यूरोड क्षेत्रको ११ मिटर लम्बाइ कालोपत्रे सडकको दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ । सो फुटपाथ साढे एक मिटर बढाउने भएको हो ।
पहिलो चरणमा न्यूरोड गेट हुँदै धर्मपथको बाटोसम्म फुटपाथ विस्तार गरिने भएको छ भने न्यूरोडबाट प्यूखा, सुन्धारा र विशालबजार जाने बाटोमा समेत फुटपाथ विस्तार गरिने छ ।
सडक विभागको पत्रः

Categorized in स्थानिय