काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको थियो ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रधानमन्त्री दाहालले लिन लागेको यो विश्वासको मत चौथो पटक हो । पहिलो पल्ट २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए ।
पहिलोपटक विश्वासको मत लिँदा कांग्रेसको समर्थनसहित २६८ सांसदको अभूतपूर्व मत पाएका थिए ।
दोस्रो पटक २०७९ चैत्र २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला १७२ सांसदको साथ पाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।
अहिलेको सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवार्दी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, अशोक राई नेतृत्व जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत छन ।
Categorized in राष्ट्रिय