काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको अन्त्येष्टि समारोहमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार दिल्ली पुगेका छन् ।
अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी त्यहाँ पुगेका हुन ।
तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको शुक्रबार अपराह्न अन्त्यष्टि गर्ने तयारी छ ।
त्यसैगरी नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई दिल्ली पठाउने भएको छ ।
Categorized in राष्ट्रिय