७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदमा सत्तपक्ष र प्रतिपक्षको घम्साघम्सी


प्रकाशित: विहिवार, ३ जेठ २०८१, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । संसदमा विहिवार सत्ता पक्ष र प्रतिपक्षी दलहरुविच घम्साघम्सी भएको छ । 


अपरान्ह चार बजे बसेको संसद बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसेले उठेर नारावाजी गरेका थिए ।


सो विच गृहमन्त्री लामिछाने अघि बढ्न खोजेपछि एमाले अध्यक्ष ओली सहित सांसदहरु उभिएको थियो तर यसैविच अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच भनाभन भएपछि कांग्रेस र एमाले सांसदहरूविच घम्साघम्सी भएको थियो । 


सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए । 


सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गर्दै शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex