काठमाडौं । विहिवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोवा भईरहेको छ ।
बुधवारको तुलानमा १ हजार ६ सय रूपैयाँ बढी हो । गत वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै एक लाख ३९ हजार तीन सय पुगेको थियो ।
आज तेजाबी सुनको मूल्य एक लाख ३९ हजार तीन सय तोकिएको छ ।
त्यसैगरी आज चाँदीमा प्रतितोला ६० रुपियाँ बढेर चाँदीको मूल्य एक हजार ८०५ रुपैयाँका कारोवार भईरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
Categorized in बजार