१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पेट्रोल र डिजेलको मूल्य घट्यो


प्रकाशित: बुधवार, २ जेठ २०८१, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।


बुधवार राती १२ बजेपछि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।

 
हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब नयाँ मूल्य १७१ रुपैयाँमा झरेको छ । 


डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।


आलय निगमका अनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, विरगंज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा रु पेट्रोल प्रतिलिटर १६८, डिजेल र मट्टितेल १५१ रुपियाँ कायम भएको छ ।

 
त्यसैगरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल र मट्टितेल १५३ रुपियाँ पर्ने भएको छ । 


तेस्रो वर्गमा पर्ने काठमाडौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७१ रुपियाँ र डिजेल र मट्टितेल रु १५४ रुपिया कायम भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex